२०८३ श्रावण २७ , बुधवार

संबिधान र गणतन्त्र सम्बर्द्धनका लागी देशले नेपाली कांग्रेस कै नेतृत्वमा राजनीतिक निकास खोजी रहेको छ

Capture

 

किरण गिरी ।
मेरो देश राजनीतिक पुनरावलोकन मोडमा उभिएको त होइन ?
नेपालको संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को विकल्प छैन तापनि ,
कोशी प्रदेशमा कार्तिक – १ गते नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले नेकपा एमाले को सहयोग र समर्थनमा सरकारले बिश्वासको मत लिदै छ । कोशी सरकार निर्माण प्रकरणको पराकम्पन केन्द्र र अरु प्रदेशमा कहाँ सम्म पुग्छ वा रोकिन्छ ?
देशको संबिधान कार्यान्वयन ,
गठबन्धनको निरन्तरता ,
राज्य सञ्चालन पध्दतीको निरन्तरता ,
राजनीतिक दलको नेतृत्व दुरदर्शिता ,
राजनीतिक दलहरू क्षमता ,
भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत
संघीयताको निरंतरता माथि नै गम्भीर प्रश्न उठोरहेका छन ।
यसको निराकरण र संबोधन गर्ने काम नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी , रास्वपा र मधेसबादी राजनीति दल को प्रमुख दाइत्व हो । अन्यथा देश गम्भीर राजनीतिक दुर्घटनामा पर्न सक्दछ ।
आजको राजनीति अबस्था र परिस्थितिले संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र नचाहने हरुको मनोबल ह्वात्तै उठाएको छ ।
संसदीय राजनीतिको मुल्य र मान्यतामा देखा परेको ह्रास ,
विधि र पध्दतीमा देखा परेको ह्रास लगायतका क्षेत्रमा देखा परेका परिदृश्य ले गम्भीर मोड निम्त्याएको छ । नेपाली कांग्रेसले गम्भीर भएर समिक्षा र पुनरावलोकन गरेर देशलाई उपयुक्त र दीर्घकालीन राजनीतिक निकास दिनु पर्ने अबस्था देखिन्छ ।
सबै खाले आन्दोलन र परिवर्तन अनि संबिधान निर्माण तथा कार्यान्वयन को नेतृत्व गरेको नेपाली कांग्रेस ले मुलुकमा देखा पर्न लागेको यो राजनीति , सामाजिक र आर्थिक अन्यौलता अनि बिकृती लाई चिर्दै सबै राजनीतिक दल र शक्तिहरु लाई समेटेर अगाडि बढ्नु को विकल्प देखिदैन।
नेपालको संबिधान -२०७२ मर्म र भावना , आम निर्वाचन २०७९ को जनादेश बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा उपयुक्त कदम चाल्न ढिला नगरौं । होइन भने परिस्थिति नेपाली कांग्रेस का लागि – ” कहाँ थियौं रंगमञ्च उठे पछि आयौं , समयले जवानी लुटे पछि आयौं ,, भने जस्तै हुन बेर लाग्दैन ।
नेपाली कांग्रेसको केन्द्रिय तहमा मेरो आफ्नो राजनीति पद , हैसियत , भुमिका र जिम्मेवारीका कारण अहिले लाई यति मात्र ।
देशमा एउटा गम्भीर राजनीतिक दुर्घटनामा संभावना देख्दा देख्दै नेपाली कांग्रेस , एमाले , माओवादी , रास्वपा तथा मधेस बादी लागायत संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरू एक ठाउँमा उभिनु जरुरी देखिन्छ । संबिधान र गणतन्त्र सम्बर्द्धनका लागी पनि देशले नेपाली कांग्रेस कै नेतृत्वमा राजनीतिक खोजिरहेको छ ।
जय नेपाल ।
– किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य ।