२०८१ बैशाख २३ , आइतवार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ अन्य मुद्रा किनबेच ?

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी डलरको विनिमय दर मंगलबार  हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो।

यसअघि गत असोज २ गते डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ।

पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ०७ पैसा र बिक्रीमा २८ रुपैयाँ २० पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २३ पैसा तोकिएको छ।