२०८१ बैशाख २९ , शनिवार

खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै, मूल्य प्रतिकिलो कति ?

Chyangra-Pokhara-1024×508

सुनाखरी न्युज/ काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न सुरु गर्दैछ । खाद्यले खसीबोका सोमबार राजधानीमा भित्र्याएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा खसीबोका बिक्री गर्न लागेको छ । खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्दैछ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार भित्राइएको खसीबोकाको स्वास्थ्य परीक्षण गरी आजदेखि सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।

 

कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ। यस्तै जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको न्यौपानेले जानकारी दिइन् । निजी क्षेत्रले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो खसी बोकाको शारिरीक बनोट हेरेर ६५० देखि ६९० रुपैयाँसम्म मूल्य तोकेको छ।

खाद्यले भने जिउँदो खसी बोकाको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६७० र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर १२५० मा थापाथली स्थित प्रादेशिक बिक्री केन्द्रबाट बिहान ८ बजे देखि बिक्री गर्न लागेको हो।