२०८१ जेठ ४ , शुक्रवार

साथीको शरीरमा आगो लगाएर फरार भएका विश्‍वकर्मा पक्राउ

subash_H4gZaaTxaP

 

सुनाखरी न्युज /  काठमाडौं ।

अर्काको शरीरमा पेट्रोल छर्की आगो लगाई फरार रहेका सुवास विश्वकर्मा पक्राउ परेका छन् । मंगलबार उनलाई काठमाडौँको सुन्धाराबाट नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

गत सोमबार उनले ललितपुरको ग्वार्कोको बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई आगो लगाएका थिए । उनीसहित अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरूको किर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ । २६ वर्षीय सुवास पर्सा सोवर्णपुर गाउँपालिका ६ का हुन ।