२०८१ जेठ ४ , शुक्रवार

सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

death

सुनाखरी न्युज /  काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ।इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग सो गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठाभित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए।

 

सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो। प्रहरीलाई खबर गरेर ढोका फोड्दा उनी कोठामा लडिरहेकी थिइन्।प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ।