२०८३ श्रावण २६ , मंगलबार

युबा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो

Capture

उजाड शिशिर/पोखरा । ने क पा एमालेको जनबर्गिय संगठन युबा संघ नेपाल कास्कीले हालै इजरायलमा हमासले जारी राखेको युद्धको चपेटामा परि मृत्यु हुने र घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाइ ज्ञापनपत्र बुझाउदै घाइते र पीडितहरूको तत्काल उद्दार गरि सकुशल नेपाल ल्याउने पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।सो अबसरमा जि सि ले कास्किका युबा हरू समेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे।

सो अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको भन्दै सो सबै कास्कीबासिलाइ संयमताका साथ उद्धारमा सहयोग गर्न अपिल गरेका छन।