२०८१ जेठ ४ , शुक्रवार

दसैंको अग्रिम टिकट बुकिङ खुला

Buspark

सुनाखरी न्युज/ काठमाडौं ।
दसैंका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ ।

 

कालोबजारीमा टिकट  बिक्री हुन नदिन अनुगमन तीव्र पारिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

 

काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जहाँ प्रहरी,यातायात व्यवस्था विभागका कर्मचारी लगायतले यात्रुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने छन् ।

यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।