२०८३ बैशाख १५ , मंगलबार

पुर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक नितिको वारे गरे चित्रण

Capture

सुनाखरी न्युज/ काठमाडौं । पुर्व अर्थमन्त्री एवं राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक नितिको वारेमा चित्रण गरेका छन।

 

भर्खर मात्र अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लर्मा आउदै छ भनी दिएको अभिव्यक्ति लाई उनले सामाजिक संजाल वाट चिरेका छन। उनी प्रश्न गर्छन ? यो लय भनेको के हो ? संजालमा उनको भनाइ:-

अर्थतन्त्र लयमा आयो भनी यो सरकार भन्छ यो लय भनेको के हो ?
१)राजस्व भने अनुसार उठेको छैन।

२)साधारण खर्च वढदैछ तर पुजि निर्माणमा लगानी निरासाजनक छ।

३)तरलता वढेको भनिन्छ तर व्याजदर घटदैन।

४)उध्योग हरुको उत्पादन वढेको छैन।

५)आर्थिक मन्दि व्याप्त छ तर माग वृदि गर्ने कुनै कार्यक्रम छैन।सरकारि अधिकारी हरु एक अर्काको आलोचनामा व्यस्त छन।

६)दस जोड दुई पास गर्ने कुल विधार्थि मध्ये एक तिहाइ देश बाहिर जादैछन यस क्रममा एक खरव भन्दा वढि विदेशी मुद्रा देश बाहिर जादैछ।

७)देश भित्र कलेजहरु विध्यार्थि नपायर बन्द हुदैछन र पढायर आफ्नो देशमा जागिर पाउने संभावना पनि घटन थालेको छ।

८)युवा कामदार तथा विध्यार्थि जोडदा आठ देखि दस लाख मानिस नेपालमा रोजगारी र शिक्षाको आासा मारेर विदेशिदै छन।

९)वढि युवा कामदार र विध्यार्थि देश बाहिर पठायर हामी कस्तो अर्थतन्त्र निर्माण गर्दैछम ?

१०)युवाको लागि हाम्रो देश मैत्रीपूर्ण छैन,सरकारी रोजगारी र शिक्षा नितिले अघोषित रुपमा देश बाहिर जान नेपाली लाई बाध्य पारिदैछ।रोजगार वढाउने क्षेत्र निर्माण व्यवसाय पनि हो।सरकार वाट पाउनु पर्ने रकम नपायर यो क्षेत्र थला परेको छ।स्वभावतः घर छोडेर बाहिर जान नेपाली बाध्य छन।
११)लघुवित्तको ठगि वाट गरिव नेपालीको एक खरव भन्दा वढि रकम डुव्ने अवस्थामा छ।यस्तो गति सहकारिको पनि छ।यो नोक्सान गरिव नेपाली जनता माथि थोपार्दा अर्थतन्त्र कस्तो लयमा आउँछ ?

१२)मौद्रिक र वित्तिय नितिको कतै तालमेल छैन,खालि आरोप-प्रत्यारोप मात्र छ।

१३)दक्षिण एसियाको देशहरुको प्रतिव्यक्ति आय २५०० देखि ३००० अमेरिकी डलर पुग्दैछ।हामी सालाखाला १४०० डलर प्रतिव्यक्ति आयमा थन्किरहेका छौ र यसैलाई ठुलो सफलता मान्दैछौ।नेपाल दक्षिण एसियाको सवभन्दा कमजोर र गरिव अर्थतन्त्र हुदैछ तर आउदो ५ वर्षमा प्रतिव्यक्ति आमदानीमा नाटकिय परिवर्तन ल्याउने सपना दियर जनता माथि किन भद्दा मजाक ?

१४) एसिया दक्षिणको सवभन्दा कमजोर अर्थतन्त्रमा नेपाल रुपान्तरित हुदैछ।खोक्रो रुख जस्तो वहिर चिल्लो तर भित्र खोक्रो र सानो हुरि वतासले ढाल्न सक्ने अवस्थामा पुग्दैछौ।यो संकट संग मुकाविला गर्ने चेतना कहि छैन अनि कस्तो लयको हामी कुरा गर्दैछौ।

१५)भ्रष्टाचारी देशको उपाधिमा हामिले नया किर्तिमन कायम गरेका छम तर भ्रष्टाचार नियन्त्रण गर्ने नैतिक हिम्मत र नियत कहि,कतै छैन।हामि भिखारि राष्ट्रको दर्जामा पुग्दैछौ।

१६)अब एकले अर्कालाई निषेध र आलोचना मात्र नगरौ,प्रजातन्त्र वचाउ,देश जोगाउ,र कम्तिमा आउदो दस वर्ष सम्म ६ प्रतिसदको दरले गुणस्तरीय आर्थिक उन्नति कायम गरौ। यसको लागि सवै राष्ट्रिय शक्ति हरु विच नया मेलमिलावको वातावरण कायम गरौ।कठमुल्ला वाद र जडसुत्र वाद लाई अस्विकार गरौ। अन्यथा इतिहासले माफ गर्ने छैन।