२०८३ श्रावण २६ , मंगलबार

वडा सचिव पौडेलको विदाई

Capture

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ ले वडाबाट सरूवा हुनुभएका सचिव श्रीराम पौडेललाई सम्मान सहित विदाई गरेको छ।

करिब ४ वर्ष सचिवको रूपमा त्यस वडामा कार्य सम्पादन गरेका पौडेललाई आईतबार एक कार्यक्रमकाबीच सम्मान सहित विदाई गरिएको हो। वडा अध्यक्ष पुष्पेन्द् पाण्डे, वडा सदस्यहरू विकास आर्चाय, नवराज केसी ,दुर्गा देवी बस्नेत र कल्पना सुनारले मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान सहित विदाई गरे । कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुष्पेन्द् पाण्डेले वडाबाट सम्पादन हुने कार्यलाई चुस्त दुरुस्त बनाउन र वडाबासीका कामलाई अग्र स्थानमा राखेर काम गर्न सचिव पौडेलको भुमिका महत्वपुर्ण रहेको वताए।

 

सचिव पौडेलले जति समय वडामा बिताए त्यति समय नागरिकका कामलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरेको वताए । आफु जुन वडामा गए पनि नागरिकको काम पहिलो प्राथमिकतामा पर्ने स्पष्ट पारे। २४ वर्ष अघि लम्जुङ्गबाट सरकारी सेवा शुरू गरेका पौडेलले तनहुँ, म्याग्दी , कास्कीको माछापुच्छ्रे गाउँ पालिका लगायत सेवा गरिसकेका छन्। पोखरा १९ बाट पोखरा महानगरपालिका वडा नं १६ मा सचिवको रूपमा सरूवा भएका हुन । सोही अवसरमा नव आगन्तुक सचिव अर्जुन प्रसाद सुवेदीलाई स्वागत गरिएको छ।