२०८१ बैशाख २१ , शुक्रवार

दशैंका लागि नेपाल राष्ट्र बैंकले घटस्थापनाको भोलिपल्ट देखिनै नयाँ नोट साट्दै

note

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोटको सटही सुविधा सुरु गर्न लागेको छ । दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना ९असोज २८० को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

 

यसवर्ष पनि अघिल्लो वर्षझैं १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ ।

 

उनका अनुसार काठमाडौँमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सकिनेछ। काठमाडौँबाहिर राष्ट्र बैंकका प्रदेश कार्यालयबाट साट्न सकिनेछ। सर्वसाधारणले घटस्थापनाको भोलिपल्टदेखि ५ दिनसम्म सटही सुविधा पाउने छन्।