२०८३ श्रावण २६ , मंगलबार

कास्कीको किम्रोङखोला १० घण्टादेखि थुनियो , तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

kaski khola

सुनाखरी न्युज  / काठमाडौं ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किम्रोङ खोला १० घण्टादेखि थुनिएको छ ।अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ ।

 

अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ ।खोला थुनिँदा कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

 

अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिमबहादुर गुरुङले खोलाको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जानकारी गराइएको बताए ।