२०८१ बैशाख २३ , आइतवार

नेपाल टेलिकमको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । हिजो (२०८० असोज १६) देखि मोबाइल सेवा सञ्चालनमाआए पछि अब सो क्षेत्रकाजनताले सहज रुपमाआफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँगजोडिएको दार्चुलाजिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ माअवस्थितउत्तर पश्चिमीनाका टिंकरमानेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमाल्याएको हो । कम्पनीलेयसकालागिआवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिकादुई लाइन टेलिफोन सञ्चालनमाथिए । अबभने टिंकर क्षेत्रमा रहेकाकरिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानीगर्न सक्ने छन् । यो वाहेक सो क्षेत्रमाअवस्थित सशस्त्रप्रहरी बल र इलाकाप्रहरी कार्यालयमाकार्यरत प्रहरी तथा सो क्षेत्रमाआउने पर्यटकहरु समेत यसबाट लाभान्वितहुनेछन् ।

करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकरभारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरु बाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमाअवस्थितछ । त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफलकमआउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरतादिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।