२०८३ श्रावण २६ , मंगलबार

ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो

accident i

सुनाखरी न्युज  / काठमाडौं ।

धादिङको मलेखुमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरूद्ध भएको सडक खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका(६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

 

उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए। बिहानै ट्युसन पढ्न हिँडेका थिए । बाटो काट्ने क्रममा उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो। घटनापछि मृतकका आफन्तहरूले पृथ्वी राजमार्ग अवरूद्ध गरी प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण सवारी आवागमन अवरूद्ध भएको थियो ।

 

२ घन्टापछि प्रदर्शन साम्य भएको र सवारी आवागमन दुईतर्फी ‍नै सञ्चालनमा आएको धादिङका डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकका चालक ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका(२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।