२०८१ जेठ ४ , शुक्रवार

जात्रा हेर्न गएका किशोरको हत्या

death

सुनाखरी न्युज /  काठमाडौँ ।

काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका एक किशोरको हत्या भएको छ ।सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

 

शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उक्त हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।