२०८१ जेठ ६ , आइतवार

सिन्धुलगढीको बिजयोत्सवका अबसरमा सम्पदा पदयात्रा

Capture

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं–तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको दिनको सम्झनामा सोमबार सिन्धुलीगढीमा पदयात्रा गरिएको छ । सिन्धुलीगढीमा आक्रमण गरेर काठमाडौं प्रवेश गर्न लागेको अँग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले १८२४ साल असोज १५ गते पौवागढीमा पराजित गरेका थिए ।

 

समृद्ध सिन्धुली अभियानले पिपलभञ्ज्यांगदेखि सिन्धुलीगढीसम्म सम्पदा पदयात्रा गरेको हो । पदयात्रामा सिन्धुलीगढीबारे अध्ययन गरेका दिलिप थापा मगरले पदयात्रीहरुलाई सिन्धुलीगढीको ऐतिहासिक स्वरुप, यसबारे जोडिएका कथाहरु, आफूले गरेका खोजहरुबारे जानकारी गराएका थिए । पदयात्राका क्रममा डिजिटल म्यापिंग पनि गरिएको समृद्ध सिन्धुली अभियानका अभियन्ता सौरभ ढकालले जानकारी दिए ।

 

अभियानले सिन्धुलीगढी भ्रमण गर्न आउनेहरुलाई यसको ऐतिहासिकता, इतिहास जोडिएका स्थलहरुबारे जानकाी दिन स्थानीय स्तरमा पथप्रदर्शकहरु तयार गर्ने उनले बताए । अभियानले हरेक बर्षको असोज २४ गते विजय दिवस मनाउँदै आएको छ ।
अभियानले अघिल्लो बर्ष यसै अबसरमा ‘सिन्धुलीगढी चित्रकथा’ कला पुस्तक प्रकाशन गरको थियो ।