२०८१ बैशाख २० , बिहिवार

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

death

सुनाखरी न्युज /  काठमाडौं ।

काठमाडौंको गौशालामा एकजनामाथि चक्कु प्रहार भएको छ ।गौशालामा घटनामा घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। घाइते हुनेमा पिके डायगोनिस्टिक सेन्टर प्रालिका सञ्चालक साबिर हुसेन रहेको खुलेको छ। उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए।

 

प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ।गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए। प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ।

 

गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। प्रहरी स्रोतका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।विस्तृत विवरण आउन बाँकी नै छ।