२०८१ बैशाख २० , बिहिवार

टोखाबाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ

arrested

सुनाखरी न्युज /  काठमाडौं ।
टोखाबाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् । लङ्गुर बुर्जा ( जुवा)  खेलिरहेको अवस्थामा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका- १७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको थियो । घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।