२०८१ बैशाख २० , बिहिवार

म्याद गुज्रिएको बियर भेटिएपछि वाणिज्य विभागले गर्‍यो गोदाम सिल

banrasi

 

सुनाखरी न्युज  / काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति गुज्रिएको बियर फेला पारेपछि एक गोदाम सिल गरेको छ। विभागबाट खटिएको बजार अनुगमनको टोलीले काठमाडौंको धुम्बाराहीमा रहेको गोदाम सिल गरेको हो।

 

विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ ।

 

उनका अनुसार भोज तथा रात्रिकालिन रेष्टुरेन्टमा यसरी उपभोग्य अवधि सकिएका बियर लगायत पेयपदार्थको कारोबार हुनसक्ने सूचनाको आधारमा विभागले कारोबारस्थल, आपूर्तिकतामा निरीक्षण गर्न थालेको हो।

 

बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको छ ।