२०८१ बैशाख २० , बिहिवार

डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण

Nepal-Medica-Council

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मेडिकल काउन्सिले लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन् ।

काउन्सिलले आइतबार सूचना जारी गर्दै गत असोज १० गतेदेखि १२ गते सम्म  लिएको  ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ ।

यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ । त्यस्तै यसअघि जेठ १७ देखि १९ सम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलव ३९ प्रतिशत परीक्षार्थी उतिर्ण भएको काउन्सिलले जनाएको छ ।