२०८१ बैशाख २० , बिहिवार

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’

press council
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज)का अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गर्नुभएको छ ।
किरात राई पत्रकार सङ्घ नेपालकोे १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पत्रकारितामा नविनतम प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “फेक न्युजको बढेको अवस्थामा व्यावसायिक पत्रकारितामा विशेष ध्यानदिनुपर्छ । समाचार लेख्दा विचलित नभइ विषयवस्तुमा मुखरित भएर लेख्नुपर्छ ।”
कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राईले देश विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारलाई शुभकामना व्यक्त गर्दै किरात राई समुदायको विषय उजागर गर्न पत्रकारको भूमिका अहम् हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यायोक्खाको अभियान र आन्दोलन सफल बनाउन किरात समुदायका पत्रकारले हातेमालो गर्नुपर्छ ।”
सङ्घका संस्थापक अध्यक्ष गणेश राईले सञ्चारसंस्था÷सञ्चारमाध्यममा बढदो आर्थिक सङ्कटले  व्यावसायिक पत्रकारितामा चुनौती थपेको भन्दै नयाँ प्रविधिको प्रयोगलाई सामाजिक उत्तरदायित्वसहित बहन गर्न सुझाव दिनुभयो ।
सङ्घका अध्यक्ष अवतार राईले पत्रकारितामा मातृभाषलाई स्थापित गर्ने लक्ष्य लिएर सङ्घ अघि बढेको जानकारी दिनुभयो । दिवसका अवसरमा ओखलढुङ्गाका कुम्भराज राई र उदयपुरका गजेन्द्र राईलाई सम्मानपत्रसहित नगद रु १० हजारसहित पुरस्कृत गरिएको थियो ।
रासस