२०८१ बैशाख २० , बिहिवार

एमाले कर्णालीको नेतृत्व चुन्न आज मतदान हुँदै, कसले मार्ला वाजी ?

Screenshot 2023-10-01 105424

सुनाखरी न्युज/ सुर्खेत ।

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ । शनिबार दिनभर सहमतिका लागि  प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आज बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

 

आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।

 

शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाही र कालीकोटमा प्रेमबहादुर सिंहले भने शनिबार उम्मेदवारी फिर्ता लिएका थिए ।