२०८३ श्रावण २६ , मंगलबार

सुशासन र शान्ति सुरक्षामा संसारमा एक नंबरको देश हो स्वेडेन

Capture

किरण गिरी । उत्तरी सागरमा पश्चिम र उत्तरमा नर्वे, पूर्वतिर फिनल्याण्ड र दक्षिणतर्फ डेनमार्कसँग (हे.नक्सा) रहेको स्वेडेन एक करोड दशलाख जनसंख्या भएको, क्षेत्रफलमा युरोपको तेस्रो तथा संसारको ५५औं ठूलो र प्रतिव्यक्ति कुल घरेलू उत्पादन (GDP) को मामिलामा संसारको सातौं विकसित र समृद्ध मुलुक हो । सुशासन र शान्ति–सुरक्षामा स्वेडेन संसारकै एक नम्बरमा आउने मुलुक हो ।

हाल युक्रेनमा रुसी आक्रमण र दोस्रो विश्वयुद्धपछि युरोपमा ठूलो सन्त्रास खडा भएपछि यो मुलुक युरोप तथा अमेरिकी सैन्य गठबंधन नेटो (North Atlantic Treaty Organization: NATO) को सदस्यता लिने निश्चित भएको छ। टर्कीले स्सावेडेन विरूद्ध एक वर्षसम्म विमति राखेर २६ असार ०८० मा सहमत भएपछि मात्रै ३१ सदस्य राष्ट्र रहेको त्यस संगठनमा स्वेडेनको प्रवेश सहज भएको हो । यसअघि फिनल्याण्ड र स्वेडेन तत्कालीन सोभियत संघसँगको एक सम्झौता अनुरुप यस्ता सैन्य गठबंधनभन्दा स्वतन्त्र थिए। रुसले युक्रेनमा गरेको भीषण सैनिक कारबाहीको परिणामस्वरूप नेटोलाई झन् बलियो बनायो ।

हतियार निर्यातको दृष्टिले यो मुलुक संसारको नवौं माथिल्लो स्थानमा पर्दछ । टिम्बर, जलविद्युत, र फलाम उपलब्ध मूख्य संसाधन हुन् । इन्जिनियरिङ् क्षेत्रका साधन तथा मेशिनरीको उत्पादन र निर्यातमा यस मुलुकको आम्दानी ५० प्रतिशत छ । गाडी, दूरसञ्चारका साधन, औषधी, मेशिन तथा उपकरण पनि यसका मूख्य निर्यात हुने उत्पादन हुन् । घरेलु उद्यम, कृषि, पर्यटन तथा सेवा क्षेत्र पनि उल्लेखनीय व्यवसाय हुन् । यसले राष्ट्रिय जनमत संग्रह गरेको आधारमा युरो मुद्रा खारेज गरेर आफ्नै मुद्रा ‘क्रोनर’ चलाउन थाल्यो ।

 

आफ्नो संस्कृतिप्रति पनि स्वेडिशहरू जागरुक छन् । दुईशय वर्षअघि लेखिएको र हामीले हाईस्कूलमै पढेको प्रसिद्ध ज्ञानकथा ‘बादशाहका नयाँ लुगा’ (The Emperor’s New Cloths) का कथाकार ह्यान्स् हेन्डरसन यही मुलुकका हुन् । साहित्यमा सातपटक नोबेल पुरस्कार लिईसकेको यो मुलुकले अर्थशास्त्रमा दिईने नोबेल पुरस्कार राजधानी स्टकहोममा आयोजना गर्छ । अन्य विधामा पनि स्वेडिशहरू नोबेल पुरस्कार पाईरहन्छन् । Fear less, hope more, eat less, chew more, whine less, bold more, talk less, say more, hate less, love more, and all good things will be yours.

किरण गिरी – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं महासमिति सदस्य हुन ।