२०८१ बैशाख २३ , आइतवार

टाटा नेक्सन ईभीः दुई वर्षदेखि ग्राहकहरुको पहिलो रोजाइ

Tata Nexon EV

सुनाखरी न्युज/ काठमाडौ. ।
सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपालीबजारमा विक्रीवितरण प्रारम्भ भएको दुइवर्ष बढी सफलतापूर्वक पूरा गरिसकेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स् द्वारा गरिएको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बन लाई नयाँगति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो। दुई वर्षको अवधिमा टाटा नेक्सन ईभीले आफूलाई नेपाली बजारमा एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुलबजारको बढी अंश नेक्सन इभीले ओगटेको छ । यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालनखर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन् ।

यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । हालसम्म टाटा नेक्सन ईभी ३०००+ ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ । “फास्ट चार्जिङ्ग“ र “स्लो चार्जिङ्ग“ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सनइभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो । यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप – “इजी“एप–मार्फत चार्ज गर्न सकिन्छ । यो एपको प्रयोगहाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन् । दक्षकर्मचारीएवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सनइभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।

विगत २ वर्षदेखि सिप्रदीले दीर्घकालिन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणिय भूमिका खेल्दै आएको छ । त्यसको फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरु ग्राहकको पहिलो रोजाई पनि परेको देख्न सकिन्छ । यस कम्पनीको २२+ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हाल सम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२५+ भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।