२०८१ बैशाख ३१ , सोमवार

गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी गोरखा साविक आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई हाल चितवन कालिका नगरपालिका-२ बस्ने ४४ वर्षीय यम बहादुर बानियाँलाई घटनाको २५ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा २०५५ कात्तिक २८ गते गैंडा मारी खाग काटि चोरी लगेको वन्यजन्तु कसूर मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०५७ माघ २५ गतेको फैसलाले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका-१० चौबिसकोटी चोकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा चितवनमा बुझाइएको छ ।