२०८१ बैशाख ३१ , सोमवार

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपालिका-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख २५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।