२०८१ बैशाख ३१ , सोमवार

मणिपालमा चिकित्सकमाथि हातपात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ ।

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।