२०८१ बैशाख ३१ , सोमवार

अनुशासित र इमान्दारीता पूर्वक काम गर्न नगर प्रहरीलाई काबा मेयर गुरुङको निर्देशन

Capture

सुनाखरी न्युज/  पोखरा। पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफनो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । कार्यक्षेत्र प्रवेशअघि पोखरा महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले नगर प्रहरीहरुलाई अनुशासित, इमान्दार, जिम्मेवार र धैर्यतापूर्वक काम गर्न निर्देशन दिनु भएको छ ।

 

तपाईहरु नगर प्रहरी बन्न धेरै परिक्षा पास गरेर आउनुभएको छ उहाँले भन्नुभयो,“फेरी पनि यहाँहरुको पाइला पाइलामा परीक्षा सुरु भएको छ । त्यसैले अनुशासन, इमान्दारिता जिम्मेवार र धैर्यतालाई ध्यानमा राखेर काम गर्नसके अब्बल राष्ट्रसेवक बन्नुहुने छ ।” काबा मेयर गुरुङले नगर प्रहरीले गर्ने काम र ब्यबहारले महानगरका जनप्रतिनिधि र स्वयम प्रहरी सफल हुने भन्दै महानगरका गतिबिधि, जनप्रतिनिधि र कर्मचारी नागरिक निगरानीमा रहने भएकाले महानगरको प्रतिष्ठा उच्च बनाउने गरी इमान्दारीताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले गलत र नराम्रो काम गरे जागीर जाने सम्मको कारबाही हुने चेतावनी दिदै महानगरको हितमा कर्तब्य निष्ठ भएर काम गर्न आग्रह गर्नुभयो ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरको नीति नियमभित्र रहेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले नियम बमोेजिम गरेका काममा महानगरले संरक्षण गर्ने र कानुन विपरित गरे काबाही हुने बताउदै भन्नुभयो,“रामो काम गरे पुरस्कृत र गतल गरे दण्डीत हुन्छ । त्यसैले इमान्दारीता र अनुशासनका साथ जिम्मेवारी निर्बाह गर्नुस ।” उहाँले चेन अफ कमाण्डमा चल्न समेत नगर प्रहरीलाई निर्देशन दिनुभयो । कार्यक्रममा पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरीको काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउनुभएको थियो ।