२०८१ बैशाख २३ , आइतवार

१९औँ एसियाली खेलकुद : पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै भण्डारीको राष्ट्रिय कीर्तिमान

Capture

सुनाखरी न्युज/ काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

 

उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो । परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो ।

 

भण्डारीले सुरुआतका तीन चरणमा एक सय एक दशमलव एक, एक सय दशमलव तीन तथा एक सय दुई दशमलव पाँच स्कोर बनाएकी थिएन् । उनले त्यसपछिको तीन चरणमा एक सय पाँच, एक सय चार दशमलव आठ तथा एक सय तीन दशमलव दुई स्कोर गरिन् । १९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन् ।रासस