२०८३ श्रावण २५ , सोमवार

राजनीतिक नेतृत्वको क्षमता र इच्छा शक्ति भए देश बन्छ

Capture

किरण गिरी । सन १९६५ मा मलेसियाबाट सिंगापुर अलगिदा एक तेस्रो बर्गको राष्ट्र मात्रै थियो तर आज सिंगापुर सम्पन्न र विकसित राष्ट्र भएको छ।

१९४७ पछि अङ्ग्रेज वाट स्वतन्त्रता प्राप्त भारत त्यसबखत “तेस्रो बर्ग राष्ट्र थियो तर भारत अब सन २०३० सम्म विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै छ। दोस्रो विश्वयुद्ध पछि संयुक्त अधिराज्य बेलायत को अर्थतन्त्र नाजुक र मूलुक अस्त व्यस्त भएको थियो तर सन १९९७ मा Tony Blair प्रधानमन्त्री भएपछि ट्रयाकमा आएको थियो । कुनै चमत्कारीक कुराले यि राष्ट्रहरु विकसित भएका होईनन् यसमा राजनीतिक नेतृत्वको सक्षम राजनीतिक इच्छा शक्ति , मुलुक एबं जनता प्रति इमानदारीता , स्वच्छ व्यबहार र नेतृत्वदायी भूमिका छ। ‘Lee Kuan Yee’, Nehru र Tony Blair सबैले Institution मजबुत बनाउनुका साथै विज्ञहरुको टिम बनाएर गृहकार्य गहन गृह कार्य गरे र असल नेतृत्व लिए फलस्वरूप आज यि राष्ट्र विकसित , समुन्नत राष्ट्रहरूमा गनिन थालेका छन्।

नेपालमा राजनीतिक नेतृत्व तहमा Homework र Planning को ठुलो अभाव र खाडल छ । यहाँको राजनीतिक नेतृत्व भ्रष्टाचार , पारिवारिक स्वर्थ र निरन्तर सत्ता लिप्सामा चुर्लुम्बै डुबेको छ । देश बनाउन राजनीतिक नेतृत्वमा सबैभन्दा पहिला स्वच्छ छवि र इमान्दारीता , कुशल नेतृत्व क्षमता , दृढ इच्छा शक्ति , ” टिम वर्क ” र प्लानिङ अत्यन्तै जरुरी छ ।

किरण गिरी – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।