२०८३ श्रावण २५ , सोमवार

केही प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

सुनाखरी न्युज  / काठमाडौं ।

बर्खा यामको समय अझै सकिएको छैन , कति बेला पानी परिदिन्छ थाहा नहुनुले वा छाता बोक्न झन्झट लाग्ने भयसँगै मान्छे समस्यामा पर्ने गरेका छन् तसर्थ तपाई आज घरबाहिर निस्किँदै हुनुहुन्छ भने ख्याल गर्नुस् आज बिहीबार देशभर ठुलो पानी पर्ने भएको छ ।

 

मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू – भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू- भागमा आंशिक बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र बङ्गालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेकोले देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको हो ।

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।