२०८३ बैशाख २० , आइतवार

चोरीका मोबाइलसहित ४ जना भारतीय पक्राउ

arrest1

 

सुनाखरी न्युज   / काठमाडौं ।

बाँके प्रहरीले चारजना भारतीय नागरिकलाई ३२ वटा मोबाइलसहित पक्राउ गरेको छ। अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो।

 

तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला परेका थिए। पक्राउ पर्नेमा भारत अमित सोलंकी, सचिव कुकरेजा, कमल बंसारी र अमित रहेका छन्। भारतीयले सेकेन्ड ह्यान्ड मोबाइल भएकाले काठमाडौं बनाउन लैजान थालेको दावी गरेका छन्।

 

बाँके प्रहरीले उनीहरूले चोरेर ल्याएको मोबाइल काठमाडौंमा बेच्न लैजान थालेको आकलन गरेको छ। पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।