२०८३ श्रावण २५ , सोमवार

अमर प्रीत गासेको छु

Capture

शालिका राम घले

कुन्जी तिम्रो प्रेमको
मगमगायो मेरो जीबनको बाग.
प्रभातको लालिमा जस्तै
फैलियो त्यो दुर आकास!!

जीबन यो मेरो व्यर्थ थियो,
आशु र व्यथाको कथा थियो
ध्यान अनि ध्यानले तिम्रो
जीबन आज मधुमास भयो!!

यसैले त आज,
आफै भित्र उज्यालो पाएको छु
मन मस्त भएर नाचेको छु
कस्तो खुशी हो…? पत्तो छैन
हाँस्दा हास्दै रोएको पनि छु!!
आकार थिए निराकारमा हराएको छु
ब्रमान्डमा गुन्जिरहने ॐकारमा डुबेको छु!!

घन्टौंसम्म एकै आसनमा स्थिर छु
बन्द आखाबाटै सन्सार तिम्रो देखेको छु!!
मनबाट उन्मनमा जाने कला सिकेको छु
भुत/भबीस्य हैन वर्तमानमा बाचेको छु!!

नरबाट नारायणको बाटोमा उन्मुख छु
बुद्दुबाट बुद्धत्वमा भित्र भित्रै जागेको छु!!
जीबनबाट पुनर्जीबन तिमीबाटै पाएको छु
कहिले नछुटने तिमीसङ अमर प्रीत गासेको छु !