२०८१ बैशाख २२ , शनिवार

छोराको कुटपिटबाट बाबुको ज्यान गयो

death

सुनाखरी न्युज /  काठमाडौं ।

दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ । दुबै जनाबीच विवाद भएपछि छोराले बुबामाथि कुटपिट गरेका थिए।घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो ।

 

घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो ।

 

गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ ।। प्रहरीले घटनाको आवश्यक अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ । रासस