२०८३ श्रावण २४ , आइतवार

संतुलन र समन्वयका प्रतिमुर्ति सुभाष

Capture

किरण गिरी ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका धरोहर सुभाष ।
म कसरी भनौं तिमीलाई अलबिदा सुभाष ।
तिमी कहिल्यै झुकेनौ सुभाष ,
संबिधान , विधि र पध्दतीको सम्मानमा ।
तिमी कहिल्यै रुकेनौ सुभाष ,
सहकार्य , संबाद र सहमतिको अभियानमा ।
तिमी अडियौ सधैं सुभाष ,
सालिनता र भद्रतामा ।
तिमीले पत्रकारहरु लाई ,
संसदमा पदेन सदस्यको बिश्वास दिलायौ सुभाष ।
पत्रकारहरुको लोकप्रिय अभिभावक बन्यौ सुभाष ।
प्रतिकुलतामा अनुकुलता खोज्ने सुभाष ।
बिमतीका बिच सहमति खोज्ने सुभाष ।
संतुलन र समन्वयका प्रतिमुर्ति सुभाष ।
नेपाली राजनीति लाई सदा ,
संबाद , सहमति र सहाकर्यको संदेश छोडेर गयौं सुभाष ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका धरोहर बन्यौ सुभाष ।
भो अब तिम्रो बारेमा केहि लेख्न सक्दिन सुभाष ।
अब म तिमी लाई भौतिक रुपमा देख्न सक्दिन सुभाष ।
अलबिदा अलबिदा अलबिदा सुभाष ।
२६ भाद्र २०८० ।

किरण गिरी ।
नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य ।
काठमाडौं नेपाल ।