२०८३ श्रावण २४ , आइतवार

पुलमुनि फोहोर फाल्नेलाई महानगरले तिरायो जरिवाना

kathmandu

सुनाखरी न्युज  / काठमाडौं  ।

काठमाडौं बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।

महानगरपालिकाको नगर प्रहरीले उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुलिएको महानगरले जनाएको छ ।

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।