२०८३ श्रावण २४ , आइतवार

विश्वभर शक्ति बनेर उदाउँदो भारत छिमेकीहरुका लागी पनि उदार र लचिलो बन्ने छ भन्ने बिश्वास

Kiran Giri 450300

किरण गिरी । सन -२०२४ मा लोकसभा निर्वाचन तयारीमा रहेको छिमेकी मित्रराष्ट्र भारत मुलुक भित्र मात्रै होइन डायस्पोरामा पनि , भारत अहिले बलियो हुदै गएको देखिन्छ । भारतीय मूलको परिवारका सन्ततिहरु धमाधम विश्वभर राजनीतिक शक्तिमा उदाइरहेका छन् ।

 

सबैभन्दा पछिल्लो उदाहरण हुन् सिंगापुरका राष्ट्रपति थर्मान सानमुगारतनाम । उनले ७०.४ प्रतिशत मत ल्याएर चुनाव जितेका छन् । उनी भारतको केरेलाबाट गएका परिवारका सन्तान हुन । यस्तै बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भारतीय मूलकै हुन् । अहिले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका दाबेदार विवेक रामास्वामी पनि भारतीय मूलकै हुन् । आयरल्याण्डका प्रधानमन्त्री लिओ इरिक वारादकार, पोर्चुगलका एन्टोनियो कोस्टा, मौरिससका प्रमिण जगनाथ भारतीय मूलकै हुन ।

गुयनाका राष्ट्रपति महेम्मद इर्फान अली, सेसेल्सका वाभेल रामकलावान, सुरिनामका चन्द्रिकाप्रसाद चान सन्तोषी, क्रिस्टिन कार्ला कांगालु आदि भारतीय मूलकै राष्ट्रपतिहरु हुन् । यत्तिमात्रै होइन न्यूजिल्याण्ड, अष्ट्रेलिया, क्यानडाको राजनीतिको मूलधारमा पनि भारतीय मूलकाहरुको प्रभाव देखिने खालको छ । यश अघि प्रविधिक कम्पनीहरु, व्यापारिक घरानाको नेतृत्वमा भारतीय मूलकाहरुको प्रभाव परेका कुरा आउने गरेकोमा अहिले राजनीतिमा पनि उनीहरुको जबरजस्त प्रभाव र उपस्थिति देखिने विश्वभर संयोग परेको छ ।

नेपालको राजनीतिक परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधान निर्माणमा छिमेकी मित्रराष्ट्र भारत सद्भाव र समर्थन रहदै आएको छ । चन्द्रमा मा ” चन्द्रायान ” पठाउन सफल भारत संग नेपाल ले परस्पर सह अस्तित्व र आपसी हितका आधारमा आफ्नो सम्बन्ध , सहयोग र सहकार्य लाई नेपाल र नेपाली जनताको समुन्नति , बिकास र समृद्धि संग जोडेर अगाडि बढाउन जरुरी देखिन्छ । नेपाल को संबिधान ले धर्म निरिपेक्षता अबलम्बन गरेको छ । भारतको यसमा बिमती रहेतापनी भारत आफै धर्म निरिपेक्ष राष्ट्र भएको ले नेपाल हिन्दुराष्ट्र हुनु पर्दछ भनेर दबाब दिनसक्ने अवस्थामा छैन ।

सन -२०२४ को आम चुनाव पछि भारतको नेपाल नीति परिबर्तन हुन सक्ने आनुमान र विश्लेषण गर्नेहरू नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को परिधिभित्र रहेर नेपालमा राजनीतिक सुधार र सरकार परिवर्तन हुनसक्ने संभावना रहेको बताउछ्न ।

किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।