२०८१ बैशाख १५ , शनिवार

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

Buss-Accident-Bardiya-Final-1024×456

सुनाखरी न्युज/ दाङ ।

बाँकेको कोहलपुर शमशेरगञ्जमा  बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

 

डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

 

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।