२०८३ बैशाख २० , आइतवार

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

सुनाखरी न्युज /  काठमाडौं ।

ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो ।

 

गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते हुनुभएको थियो । गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पु¥याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।

 

घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन । रासस