२०८३ श्रावण २४ , आइतवार

अभिनेत्री नीता ढुंगानालाई पितृ शोक

som prasad dhunguna

 

सुनाखरी न्युज /  काठमाडौं ।

 

अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।नीताले सामाजिक सञ्जालमा फेसबुकमार्फत बुबाको निधन भएको जानकारी गराएकी छन् । ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् । मेरो बुवाको वैकुण्ठमा बास होस् । धेरै सम्झना छ मेरो मुटु ।’ नीताले फेसबुकमा लेखेकी छन् ।

 

उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाल्यकालमै आमाको काख गुमाएकी निता बुबासँग अत्यन्त नजिक थिइन् ।

निताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जलि दिएकी छन् । ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ निताले सामाजिक सञ्जालमा लेखेकी छन् ।