२०८१ जेठ ४ , शुक्रवार

२० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

nepal rastra bank

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भुक्तानी गर्ने उल्लेख छ ।

जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ९१ दिने, ७० करोड रुपैयाँको १८२ दिने र २ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (भदौ १८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।