२०८१ बैशाख १६ , आइतवार

जिप दुर्घटनामा दुई जनाको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।
जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस