२०८१ जेठ १ , मंगलबार

१७ वर्षीया किशोरी बलात्कृत

Rape

सुनाखरी न्युज/ काठमाडौँ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा  एक जना पुरुष पक्राउ परेका छन् । काठमाडौँको नरेफाट बस्ने ईलाम नगरपालिका(९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।