२०८३ श्रावण २३ , शनिवार

त्रि दिवसिय बिपी साहित्य महोत्सव भब्यता साथ मनाउदै नेपाली कांग्रेस

Kiran Giri 450300

किरण गिरी । नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालाको जन्मदिन भाद्र २४ लाई नेपाली कांग्रेस पार्टीले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ । यसै सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गते सम्पन्न बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ ।

यही भाद्र २४, २५ र २६ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृतिभवन सानेपा, ललितपुरमा आयोजना हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक सङ्घको संयोजनमा सम्पन्न हुनेछ । नेपाली कांग्रेस सुचना , सञ्चार तथा प्रचार बिभाग प्रमुख मिन बहादुर बिश्वकर्मा द्वारा जारी प्रेस बिज्ञापति अनुसार तीन दिनसम्म चल्ने महोत्सवमा निम्न विषयमाथि छलफल हुनेछ :-
(क) सम्भाषण (Key note speech)
(ख) सत्रहरु
( १) मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता (२) साहित्यमा पर्यावरण (३) समय र सबाल्र्टन (४) नेपालको मातृभाषा साहित्य (५) बिपीका आख्यानमा नारी (६) बिपीका आख्यानमा मधेश (७) बिपीका दृष्टिमा बिपी (८) बिपीले नपाएका १५ वर्ष (९) अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी (१०) समावेशिता, सामाजिक रुपान्तरण र बिपी (११) युवा स्रष्टामा बिपी पठन र (१२) परिवारले बुझेका बिपी
(ग) कविता साँझ,
(घ) गजल साँझ
(ङ) साङ्गीतिक साँझ
(च) चित्रकला प्रदर्शनी
(छ) वृत्तचित्र प्रदर्शनी
(ज) ऐतिहासिक फोटो प्रदर्शनी
पहिलो पटक आयोजना गर्न थालिएको यस ऐतिहासिक साहित्य महोत्सवमा उपस्थित भई दिनु हुन प्राज्ञिक तथा विद्वान वुद्धिजीवि, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईलाई हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका यथाशिघ्र सार्वजनिक गरिने व्यहोरा अनुरोध गरिन्छ ।
– किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य , महासमिति सदस्य एबं केन्द्रिय प्रतिनिधि हुन ।