२०८१ बैशाख १९ , बुधवार

चन्द्रयान-३ मिसन सफल बनाउने भारतीय महिला वैज्ञानिक

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
चन्द्रमामा चन्द्रयान-३ को बुधबार सफलतापूर्वक अवतरणपछि भारत र विश्वभर भारतीय वैज्ञानिकको चर्चा सुरु भएको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का वैज्ञानिकहरुले कम प्रकाश पुग्ने र अवतरण गर्न कठिन मानिएको दक्षिणी ध्रुवमा बुधबार साँझ (चन्द्रयान -३ को (सफ्ट ल्यान्डिङ) गराएका हुन् ।

असार २९ गतेको आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरीक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गरिएको थियो । जसमा रहेको प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा हिँड्न थालिसकेको छ ।

 

चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ । इसरोको कमाण्ड सेन्टरुमा महिला वैज्ञानिकको समूह फोटोहरु सार्वजनिक भएका छन् । इसरोको प्रमुख एस सोमनाथले महिला वैज्ञानिकहरुले यस अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । भारतीय रुपैयाँ ७ अर्ब खर्च गरिएको चन्द्रयान ३ मा करिब १ हजार इन्जिनियर र वैज्ञानिक संलग्न थिए । जसमा एक सयभन्दा बढी महिला इन्जिनियर र वैज्ञानिक संलग्न रहेका थिए । भारतले यसअघि २०१९ मा चन्द्रमामा पठाएको चन्द्रयान २ अवतरणको अन्तिम समयमा दुर्घटनामा परेको थियो । त्यसबेलाको ज्ञान र अनुभवले अहिले चन्द्रयान ३ को मिसन सफल भएको मानिन्छ ।

जसमा एम भनिथा, कल्पना के र रितु करिधल श्रीवास्तवको प्रमुख भूमिका थियो । मिसन सम्पन्न भएसँगै उनीहरूको चर्चा सुरु भएको हो । भनिथा र कल्पना मिसनमा उपनिर्देशकको रुपमा रहेका थिए भने रितुले समीक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।