२०८३ श्रावण २३ , शनिवार

जाम नेपालको नयाँ नेतृत्व चयन

jam

 

सुनाखरी न्युज / काठमाडौं – जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम ) नेपालको नयाँ नेतृत्व चयन भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न जामको दोस्रो साधारणसभाले सागर गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

 

यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका पत्रकार सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोबाइल म्यागेजिनका पत्रकार तोयानाथ पौडेल चुनिएका छन्। एक दशकभन्दा बढी अटोमोबाइल्स क्षेत्रमा कलम चलाइरहेका गजुरेल मेरो अटो डटकममा आबद्ध छन्।

 

सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् भने सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।