२०८३ श्रावण २२ , शुक्रवार

कालिकोटमा नेपाली कांग्रेस बिशेष अभियान सफल : गिरी

Capture (27)

सुनाखरी न्युज/कालिकोट ।
कालिकोट डायरी :-
किरण गिरी , नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि कालिकोट ।
नेपाली कांग्रेस ” आन्तरिक बिशेष अभियान ” -२०८० ।
श्रावण – २० देखी श्रावण -३० ।
अभियान सम्पन्न गर्न १९ गते काठमाडौं बुध्द ऐयर बाट सुर्खेत प्रस्थान गरियो । सोही दिन सुर्खेत बाट सांझ -५ :०० बजे झरी बर्षा बिच कालिकोट को मान्मा बजार पुगियो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले तय गरेको ” यमदिप ” होटेल मा बस्ने काम भयो ।
२० गते – बिहान “मर्डिङ वाक ” सकेर मान्मा बजार डियसपी कार्यालय अगाडि पिपल चौतारी संगै चिया पसलमा चिया खान बस्दै गर्दा नेपाली कांग्रेस जिल्ला सभापति अम्ब बहादुर शाही संग भेटघाट भयो । जुन चिया पसल कालिकोट जिल्लामा जिल्ला स्तरीय सबै राजनीतिक दलका नेताहरुको संगम स्थल पनि रहेछ । त्यहिं सभापति संग प्रत्यक्ष भेटघाट भयो र जिल्ला पार्टी कार्यालय गएर अभियानको बारेमा बिस्तृत जानकारी गराइयो । जहाँ जिल्ला सभापति अम्ब बहादुर शाही लगायत जिल्ला कार्यसंपादन समिति सदस्य हरु पटक बहादुर शाही , सबिन कुमार बिष्ट , शिक्षक महासंघ पदाधिकारी केही तरुण र नेबि संघ जिल्ला समिति साथीहरू को समेत सहभागिता थियो । केन्द्रीय प्रतिनिधि को रुपमा मलाई स्वागत र सम्मान गर्ने कार्य पनि सोही कार्यक्रममा भएको थियो ।
कालिकोट जिल्लामा नेपाली कांग्रेस को सांगठनिक अवस्था बारे बिस्तृत जानकारी लिइयो ।
८२ वटै वडा कार्यसमिति , नगरपालिका र गाउँ पालिका का नौ वटै पालिकाको संगठन संरचना , बैठक को नियमितता , कांग्रेस नेता र कार्यकर्ता हरु मा समन्वय , समझदारी र सहकार्यको अवस्था , भातृ संगठन र सुभेच्छुक संस्था को गठन र नियमितता को अवस्था बारे जानकारी , महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको सक्रियता र भुमिका बारे स्पष्ट जानकारी लिइयो । गत स्थानीय र संसदीय निर्वाचनमा कालिकोटमा नेपाली कांग्रेसका नेता , कार्यकर्ताहरुको भुमिका
र जिम्मेवारी को अबस्था बारेमा समेत प्रष्ट हुने काम गरियो । अभियान अवधि श्रावण – २० देखी ३० गते सम्म नै नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रबक्ता दमन शाही र कर्णाली प्रदेश प्रतिनिधि मनराज शाही को भुमिका र जिम्मेवारी सक्रिय एबं प्रभावकारी रह्यो ।
२१ गते – तरुण जिल्ला अध्यक्ष को सक्रियता मा तरुण जिल्ला अफिसमा कालिकोट जिल्लाका तरुण साथीहरू संग भेटघाट र अभियान मा तरुण हरुको भुमिका र जिम्मेवारी बारे छलफल
२२ गते – नेबि संघ जिल्ला अध्यक्ष सक्रियता मा जिल्ला अफिसमा नेबि संघ साथीहरू संग भेटघाट र अभियानमा नेबि संघको भुमिका र जिम्मेवारी बा छलफल ।
२३ गते खाडाचक्र नगरपालिका नेपाली कांग्रेस कार्यसमितिको बिस्तारित भेला आयोजना पार्टी संगठनको अवस्था र अभियान को लक्ष्य बारेमा अन्तरक्रिया कार्यक्रम ।
२४ गते – अभियान कै दौरान मा नेपाली कांग्रेस ” आन्तरिक बिशेष अभियान ” को लक्ष्य र उध्धेश्य बारेमा कालिकोट मा रहेको दुई वटा रेडियोमा मा अन्तरबार्ता दिने काम भयो भने नेपाल प्रेस युनियन को आयोजना मा पत्रकार सम्मेलन को आयोजना भएको थियो ।
२५ र २६ गते – नेपाली कांग्रेस जिल्ला कार्यसमिति , महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि , नौ वटै पालिका कार्यसमिति , ८२ वटै नेपाली कांग्रेस वडा कार्यसमिति को बिस्तारित भेला को आयोजना गरिएको थियो ।
२६ गते नेपाली कांग्रेस खाडाचक्र नगरपालिका वडा न ३ वडा कार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।
२७ गते – प्रदेश सभा क्षेत्रीय कार्यसमिति क को बैठक र
२६ गते बिहान प्रदेश सभा क्षेत्रीय कार्यसमिति ख को बैठक सप्पन्न
२७ गते – नेपाल तरुण दल र नेबि संघ कालिकोट जिल्ला कार्यसमिति गठन ।
२८ गते – नेपाली कांग्रेस कालिकोट महिला शाखा प्रमुख रक्षा तिमिल्सिना शाही को संयोजकत्वमा महिला समिति गठन र अभियानमा महिलाहरुको भुमिका र जिम्मेवारी बारे बैठक र छलफल सम्पन्न भयो ।
२९ गते – अभियान को समिक्षा र विश्लेषण कर्णाली प्रदेश प्रतिनिधि मन राज शाही र प्रबक्ता दमन बहादुर शाही , जिल्ला सभापति अम्ब बहादुर शाही र जिल्ला सदस्य र पदाधिकारी समेतको सहभागिता ।
३० गते – धन्यवाद तथा फेरि भेटौला कार्यक्रम सहित कालिकोट जिल्लामा अभियान सम्पन्न कार्यक्रम ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं अभियान केन्द्रीय प्रतिनिधि हुन ।