२०८१ जेठ २ , बुधवार

छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग

Capture – 2023-08-17T142811.338

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि छिटो ऐन ल्याउन सो माग गरेको हो ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ल्याउने विषयमा पटक–पटक पहल भए पनि ल्याउन नसक्दा सरकारी क्षेत्रमा समस्या भएको बताउनुभयो ।

 

वित्तीय सहकारी अभियानको अवको यात्रा सुशासन र सुरक्षा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सहकारी क्षेत्रमा अग्रसर सबैले आ–आफ्नो सहकारी संस्था, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरी स्वनियमनमा रही सञ्चालन गर्नुपर्दछ ।”
उहाँले ढिलै भए पनि नेपालको सहकारी क्षेत्रमा स्थिरीकरण कोषको अवधारणाले मूर्तरुप लिएको बताउनुभयो । नेपालको नयाँ सहकारी ऐन, २०७४ मा स्थिरीकरण कोषसमबन्धी व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ५० उपधारा (३) मा “शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” भनि उल्लेख गरिएको छ ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सहकारी अभियानलाई सार्थक बनाउँदै थप उचाइमा पु¥याउनका लागि सो क्षेत्रका सरोकारवाला व्यक्ति नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

 

राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको विश्व सञ्जाल र नेपालको सहकारी अभियानलाई समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रासस