२०८१ जेठ २ , बुधवार

त्रिवि सेवा आयोगका अध्यक्षको पद बहाली

tribhuwan

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गर्नुभएको छ ।

एक वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा भट्टराई मङ्गलबार नियुक्त गर्नुभएको थियो । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम आलपत्र हुँदै आएका थिए ।
रासस