२०८१ बैशाख ३१ , सोमवार

आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता

Capture (2)

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ ।

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो । भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन् । आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए । १६ औँ योजना यस अघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए ।

 

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् । साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

भेटमा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, नेपालको Global Accelerator on Jobs and Social Protection को पाथफाइन्डर कन्ट्रीका रुपमा सहभागिता, वातावरण वित्त परिचालन, खाद्य प्रणाली लगायतका विषयमा आयोग र यूएनडिपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको छ ।

 

नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट,वितरक,व्यूटिपार्लर,सलुन,मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलव्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा वजारीकरण तथा व्यबस्थापनको जिम्मेवारी लिएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिवद्धता जनाएको कम्पनीले करिव ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । नेपालको अधिकांश युनीसेक्स सलुन,पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्मा बताउछन ।

 

भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्ड भित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क छौं, उनी बताउछन । नन्दिनी अर्गानिक ब्राण्डका वारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल २००२ उषा खड्गी,अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारी तथा सामाजिक अभियान्त भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त प्रेश मिटमा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।

 

मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन ।