२०८३ श्रावण २२ , शुक्रवार

पहिरोले घर पुरिँदा चार जना बेपत्ता

paharo 4

सुनाखरी न्युज /  काठमाडौं  – दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका हुन । बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् ।

 

घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए । पहिरोबाट अन्य १६ वटा घर जोखिममा छन्। सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि ३ घर पुरिएको वडाध्यक्ष शेर्पाले बताए ।

 

उनका अनुसार हिजो दिनभर मुसलधारे पानी परेकोले उद्धार गर्न कठिनाइ भएको थियो। दुर्गम भएकाले उद्धार गर्न असहज भएको र अहिले केही प्रहरी पुगेपछि उद्धार सुरु गरिएको छ।